कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय नाघेको छ ।
बुधबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएपछी सङ्क्रमितको सङख्या ७ सय ८ पुगेको हो । जसमध्ये पुरुषको सङ्ख्या ६ सय ५८ पुगेको छ भने महिलाको सङ्ख्या ५० पुगेको छ ।
थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् ।
सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।
त्यस्तै जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७ सय ८ पुगेको छ । कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय नाघ्दा २९ जना निको भएर घर फर्केका छन् भने ३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
कुन जिल्लामा कति सङ्क्रमित ?
कर्णाली प्रदेशका १० जिल्लामध्ये (रुकुम पश्चिम) बाहेक अन्य ९ जिल्लामा कोरोना सङ्क्रमित फेला परेका छन् ।
जिल्ला | हिजोसम्मका | आज थपिएका | जम्मा संक्रमित |
---|---|---|---|
जम्मा | ६७१ | ३७ | ७०८ |
दैलेख | ३६१ | २५ | ३८६ |
सल्यान | १३७ | १३७ | |
सुर्खेत | ९७ | ९ | १०६ |
कालिकोट | २८ | २८ | |
जुम्ला | २४ | २४ | |
जाजरकोट | ५ | ३ | ८ |
मुगु | २ | २ | |
हुम्ला | १ | १ | |
डोल्पा | १ | १ | |
अन्य प्रदेशका | १५ | १५ |
बुधबार दिँउसोसम्मको विवरणअनुसार सबैभन्दा बढी दैलेखमा ३८६, सल्यानमा १३७, सुर्खेतमा १०६, कालिकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १-१ र स्थायी ठेगाना अन्य जिल्लामा भएतापनि व्यापार र रोजगारीको शिलशिलामा कर्णाली प्रदेशमा बसेका १५ जना गरी जम्मा ७ सय ८ जनामा संङ्क्रमण पुष्टि भएको छ ।