कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या २ हजार ७ सय २५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुर्खेतमा ४ र सल्यानमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । आज भेटिएका सबै संक्रमितहरु पुरुष हुन् र उनीहरु २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १० जना संक्रमितहरु निको भएर घर फर्केसँगै कोरोनामुक्त हुनेको संख्या २ हजार ३ सय ६४ पुगेको छ ।
अहिले कर्णाली प्रदेशमा ३ सय ६१ सक्रिय संक्रमित रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेशको विभिन्न अस्पतालमा ३ सय ३१ जना संक्रमितको उपचार भैरहेको छ भने केही होम आइसोलेसन सेन्टरमा बसिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक वृष बहादर शाहीले जानकारी दिए ।