
कर्णाली प्रदेशमा वितेको २४ घन्टामा १ जना पनि कोरोना संक्रमित भेटिएका छैनन् ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म सो प्रदेशमा संक्रमित व्यक्तिको संख्या १ हजार ९ सय ३९ पुगेको छ भने पछिल्लो २४ घन्टामा एकजना पनि संक्रमित फेला परेका छैनन् ।
संक्रमितमध्ये १ हजार ७ सय २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले एक्टीभ केस २ सय ११ मध्ये १ सय ९७ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् बाँकी रहेका १४ जनालाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
एक्टीभ केसमध्ये सबैभन्दा बढी दैलेखमा १२७, सुर्खेतमा ३६, जाजरकोट र कालिकोटमा १२-१२ जना, सल्यानमा ९ जना र मुगुमा १ जना उपचाररथ रहेका छन् ।