
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन्।
कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो।
उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए।
कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्नेछन् । उनले भने, “घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ।”
पछिल्लो अध्यावधिक विवरणअनुसार कर्णालि प्रदेशमा भेटिएका सङक्रमितको सङ्ख्या ६ सय ७१ पुगेको छ । जसमध्ये दैलेखका ३६१, सल्यानका १३७, सुर्खेत ९७, कालिकोटका २८, जुम्लाका २४, जाजरकोटका ५, हुम्ला र डोल्पा जिल्लाका १-१ जना र स्थायी ठेगाना अन्य जिल्ला भएतापनि व्यापार र रोजगारीको शिलशिलामा कर्णाली प्रदेशमा रहेका १५ जना रहेका छन् ।