
कालापानीमा हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्न शसस्त्र प्रहरीको टोलि लिएर उडेको हेलिकप्टर दार्चुलाको सदरमुकाम खलंगा अवतरण गरेको छ।
खलंगाबाट थप सुरक्षाकर्मी लिएर कालापानी उड्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर धामीले बताए।
३३०० मिटरमा रहेको ब्यास गाउँपालिका अन्र्तगतको छाङरु पुग्न हेलिकप्टरलाई १५ मिनेट लाग्ने धामीले बताए। मौसम सफा रहेकाले विओपी स्थापना गर्न सहज हुने उनको भनाई छ।
नेपाली भूमि मिचिए पछि सरकारले तत्काल त्यसक्षेत्रको सुरक्षा निग्रनी बढाउन सरकारले आज विहान सशष्त्र प्रहरीको टोली छारुङ पठाएको हो।
नेपाली सेनाको एमआइ१७ हेलिकप्टरबाट पुगेका शसस्त्र प्रहरीले घर भाडामा लिएर बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने कार्यक्रम रहेको छ।
टोलीमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबू थापा सहित गृहमन्त्रीको सुरक्षा सल्लाहकार डा। ईन्द्रजीत राई समेत दार्चुला प्रस्थान गरेका छन्।
दार्चुलाको खलंगा हेलिकप्टरले बाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी सहित छाङरु पुर्याउने छ। ब्यास गाउँपालिका– १ दार्चुलामा २५ रोपनी जग्गा उपलब्ध भएपछि विओपि स्थापना गरिने भएको हो।
सरकारले विओपी स्थापनाका लागि ९ करोड बजेट समेत बिनियोजन गरिसकेको जनाएको छ। कालापानी, लिम्पियाधुराको रक्षार्थ तत्काल ३४ सुरक्षाकर्मी खटिनेछन्।
भारतले वर्षौंदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गर्दै आएको छ। यद्यपि, आफ्नै भूमिमा विदेशी सेना तैनाथ हुँदा नेपालले भने सुरक्षाकर्मीसँगै सरकारको कुनै पनि निकायको उपस्थिति देखाएको थिएन।
भारतले १९ किलोमिटर नेपाली भूमि मिचेको परराष्टमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन्।