
नेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन ।
उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।
वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाइ समस्या भएको बताएकी छन्।
उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?
नाेट : उनले सिनेपाटी युट्युव च्यानलमा कुरा गर्दै उक्त्त कुरा बताएकी भनेता पनि उक्त्त च्यानलमा साे कुरा भेटिदैन । यसअघि मनिषा काेइरालाले नेपालकाे समर्थनमा बाेलेकाे थिइन् ।
नेपालकाे समर्थनमा बाेलेपछि भारतमा उनकाे चाैतर्फी बिराेध भयाे । भारतीय मिडियाले उनलाई भारतकाे नुन खाएर चीनकाे समर्थन गर्छेस लगायतकाे तुच्छ गाली पनि दिन भ्याए ।
तर नेपाली भने उनकाे समर्थनमा जमकर लागिपरे । #IAMWITHMANISHAKOIRALA भनेर ट्वीटरमा ह्याजट्याग नै चलाए र ट्रेन्डिङमा पनि ल्याए ।
नेपालमा कलाकारहरुले उनलाई जमकर समर्थन पनि गरे । राजेश देखि निखिलसम्मले उनकाे समर्थनमा बाेले । वर्षाकाे याे प्रतिक्रिया तपाइलाई कस्ताे लाग्याे ?
आफ्नाे प्रतिक्रिया दिन नबिर्सनुहाेला । ।