
आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन्न । मनिषाले दिएकाे एउटा अभिव्यक्त्तिकाे कारण उनले नेपालमा राम्राे चर्चा कमाइन् । भारतीय मिडियाले उनकाे खेदाे खने । तर नेपाली पनि के कम उनकाे समर्थनमा उत्रिए । राजेश हमाल देखि निखिल उप्रेतीसम्म उनकाे समर्थनमा उत्रिए । उसाे त नेपाली अभिनेत्रीहरुले पनि उनलाई मज्जाले साथ दिए ।
“वर्षाकाे भारतीय साथीलाई कसरी फेस गर्नु” भनेपछि उनका फ्यानहरु दुखी भए । केकी अधिकारी देखि लिएर निता ढुङगानाले समेत राष्ट्रियता सिकाउन भ्याए । पछि रिमा विश्वकर्मा भने उनलाई समर्थन गर्न आइन । वर्षाले माफी मागे पछि माैन बनेकाे सामाजिम सञ्जाल फेरि प्रियंकालाई ट्राेल बनाउन पछि परेन ।
साेमबार बिहान नायिका प्रियंका कार्कीले नायिका वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् ।
प्रियंका लेख्छिन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’

नायिका कार्कीले गल्ती सबैबाट हुने भन्दै वर्षाले देशको माया नै नभएर यस्तो नबोलेको पनि बताएकी छन् । उनले, यो समयमा वर्षालाई सुझाव दिन, थाहा नभएको कुरा सिकाइदिन पनि अपिल गरेकी छिन् ।
प्रियंका अन्त्यमा लेख्छिन्–‘उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’