नायिका वर्षा राउतले गाडि किनेकी छिन् । नायिकाले केही तस्विरहरू पोष्ट गर्दै आफ्नै गाडी चढ्ने सपना पुरा भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आफ्नै गाडिमा चढ्ने मेरो सपना पुरा भएको छ । यसले मेरो परिवारलाई खुसि बनाएको छ ।’ राउतले गाडि चढ्न सक्ने हैसियतमा पुर्याएको सबैलाई धन्यवाद दिएकी छिन् ।
उनले टाटा नेक्सन इभी किनेकी हुन् । विद्युतबाट चल्ने यस गाडिको मूल्य ३८ लाखबाट सुरु भएर ४२ लाखसम्म पर्दछ ।
राउतले नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। चलचित्र छक्का पञ्जाले उनलाई स्टारका रूपमा चिनाएको हो ।
राउत र कलाकार तथा व्यवसायी संजोग कोरालाले पाँच वर्षको प्रेम सम्वन्धलाई सन् २०१९ फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डेका दिन विवाहमा परिणत गरेका थिए ।
केही दिन अगाडि नायक राजेश हमालसँग एक म्यूजिक भिडिओमा राउत देखिएकी थिइन् ।