आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन्न । मनिषाले दिएकाे एउटा अभिव्यक्त्तिकाे कारण उनले नेपालमा राम्राे चर्चा कमाइन् । भारतीय मिडियाले उनकाे खेदाे खने । तर नेपाली पनि के कम उनकाे समर्थनमा उत्रिए । राजेश हमाल देखि निखिल उप्रेतीसम्म उनकाे समर्थनमा उत्रिए । उसाे त नेपाली अभिनेत्रीहरुले पनि उनलाई मज्जाले साथ दिए ।
“वर्षाकाे भारतीय साथीलाई कसरी फेस गर्नु” भनेपछि उनका फ्यानहरु दुखी भए । केकी अधिकारी देखि लिएर निता ढुङगानाले समेत राष्ट्रियता सिकाउन भ्याए । पछि रिमा विश्वकर्मा भने उनलाई समर्थन गर्न आइन ।
तर सबैभन्दा बढी तनाब चै नाम जुध्न पुगेकी वर्षा शिवाकोटीलाई पर्यो । फ्यानको नराम्रो कमेन्ट र म्यासेजले दिक्क भएपछि नायिका वर्षा सिवाकोटी लेख्छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने कष्ट गरिदिनुहोला’
उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।
उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’
उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।
लेख कार्की नामका प्रयोगकर्ताले लेखेका छन्, ‘भनेपछि राउतको भागको प्रसाद सिवाकोटीको भागमा पर्यो ?’
यस्तै युवराज अर्यालले लेखेका छन्, ‘राउत भनेर गाली गरे क्या ? हो, नाम थर राम्रोसँग पढेर मात्र कमेन्ट गर्नुपर्छ, तपाईंले चैं सोचेर बोल्नुहुन्छ, गाली खानुहुन्न भन्ने लाग्छ ।’
यस्तै, अर्का प्रयोगकर्ता निश्चल घिमिरे लेख्छन्, ‘२÷४ दिनलाई नाम फेर गाह्रो छ ।’