काठमाडौंको गोकणेश्वरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।