काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलवार बसेको सुरक्षा समिति बैठकले काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
बर्षतका कारण विपद् बाढी पहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमा रोकिने काभ्रेपलान्चोक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जनाकारी दिए ।
