भक्तपुरमा आफूलाई विल उठाएको भन्दै एक युवकले गेष्ट हाउसमा नक्कली बम राखेको पाइएको छ ।
भक्तपुरस्थित ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा ती ग्राहकले आफूलाई विल तिराएको भन्दै बम जस्तै आकृतिको वस्तु राखेर हिडेको प्रहरी अनुशन्धानबाट खुलेको हो ।
भक्तपुर प्रहरीका अनुसार शनिबार राति बम जस्तो वस्तु रेष्टुरेन्टकै प्राङ्गणमा भेटिएपछि संचालले खबर गरेका थिए । प्रहरीले पनि शंकास्पद वस्तु नै हो भन्ने ठानेर शनिबार राति झण्डै ११ बजेतिर नेपाली सेनालाई खबर गरिएको थियो ।
त्यसपछि नेपाली सेनाको टोलीले उक्त बम जस्तो देखिने वस्तु डिस्पोज गरेको थियो । डिस्पोज पछि हेर्दा प्रेसर कुकरलाई बमको स्वरुपमा पाईएपछि सबै चकित बनेका थिए । तर उक्त वस्तु कस्ले राखेको भन्ने खुलेन ।
त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सोही रेष्टुरेन्टमा केहीदिन बसेर गएका युवकलाई शंका शंका गर्यो। उनले होटल संचालकसँग झगडा गरेको पनि खुल्यो । उनी थिए, काभ्रेका रवीन तामाङ । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले प्रहरीसामु आफूले नै त्यो बम जस्तो बनाएर कुकर राखेको स्वीकारेको प्रहरीको भनाइ छ ।
उनले आफूले मादक पदार्थ पीएको बेला रेष्टुरेन्ट संचालकसँग झगडा गरेको र तर्साउन बम जस्तो देखिने वस्तु राखिदिएको प्रहरीसामु बताएको बताइएको छ ।
प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा विष्फोट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरि थप अनुसन्धान जारी राखेको भक्तपुर प्रहरीले जनाएको छ ।