निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टीको कार्यालय जस्तै बनाएर सम्पूर्ण कार्यक्रम त्यही गरेको भन्दै विरोध गरेको नेपाली काँग्रेसले पनि सोही प्रकृतिको काम गरेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आज बालुवाटारमा पार्टीको पदाधिकारी बैठकको आयोजना गरेका छन् । अपरान्ह तीन बजेदेखि बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।
९:४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा सरेका देउवालाई पहिलो दिन नै आफ्नो सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका हुन् ।
देउवाले पनि ओलीको दिशामा अगाडी बढेको भन्दै सामाजिक सञ्जालमा बिरोधका स्वरहरु आउन थालेका छन् । ओलीको कार्यकालमा बालुवाटारमा पार्टी बैठक, गुटको भेलादेखि ओलीबन्धुको भेलाजस्ता कार्यक्रमहरु आयोजना भए । उनको कार्यकालको अधिकांश समय नेता तथा कार्यकर्ताका लागि पार्टी कार्यालय बिरानो नै बनेको थियो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वपप्रकाश शर्माले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासलाई पार्टीको कार्यालय बनाउने भन्दै बेलाबेलामा आलोचना गर्ने गर्दथे तर आज शर्माको कुनै अभिव्यक्ति सार्वजनिक भएको छैन ।
प्रधानमन्त्री बनेर बालुवाटार गएकै दिन देउवाले पनि पार्टीको बैठक सरकारी निवासमा नै बोलाएपछि उनको चौतर्फी बिरोध भएको छ ।