नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् ।
आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए।
उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रम देउवा निजी कम्पनीको हेलिकप्टरबाट धनगढी पुगेका हुन् । उनी धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन् ।
यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यस यता भने उनी गृहजिल्ला पुगेका छैनन् ।
निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको हुँदा देउवाले निजी कम्पनीको हेलिकप्टर लिएर धनगढी पुगेका हुन् ।