प्रियंका कार्की यतिबेला आफ्नो गर्भावस्थाको मज्जा लिइरहेको छिन् । सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।
केही महिना अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।
उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।
अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।
नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो ।
काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ । पल शाह, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, लगायतका कलाकारहरुले म्यूजिक भिडियोबाट नै मनग्य आम्दानी गरिरहेका बेला प्रियंका भने कोरोना कालदृखि यताको समयमा पनि कुनै काम गरेकी छैनन् ।
उनी गर्भवति भएको कारणले कुनै काम नगरेको हुनसक्ने आँकलन गरिएको छ ।
प्रियंका भने आफ्नो गर्भावस्थामा रमाइरहेको छिन् र सामाजिक सञ्जालमा फोटाहरु पोष्ट गरिरहेको छिन् ।
बुधवार उनले फोटो शेयर गरेकी छिन् । उनले गर्भावस्थामा पनि स्टाइलिस हुन सकिन्छ है भन्दै मेरो हालको स्टाइल भन्दै फोटो शेयर गरेकी हुन् ।