
नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।
उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।
उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।
विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।
उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।
अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।
उनले स्विमिङ्ग सुटमा हालेको फोटाले विवादमा आइन् । तर उनको बचाउमा उनको सासु रबिना देशराज जोशी आएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत प्रियंकको प्रशंशा गर्दै उत्तेजित नहुन आग्रह गरेकी छिन् ।
सासु रविना देशराज श्रेष्ठले बुहारी प्रियंकाको बचाउ गर्दै सकारात्मक प्रतिकृया दिएकी छन् । प्रियंकाको यो क्रियाकलापको बिषयमा भने अधिकांश कलाकर्मी मौन छन् । प्रियंकाको निमन्त्रणमा उनकै युट्युव कार्यक्रममा सहभागी भएकाहरुले मात्र उनको कामको प्रशंसा गर्ने गरेका छन् । केही सामाजिक अभियन्ताहरुले भने मिडियामा केही आर्टिकल मार्फत उनको पक्षमा अभिब्यक्ति दिएका छन् ।