
अभिनेत्री प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् ।
पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् ।
कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।
प्रियंकाको बेबी-बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।
उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !
आमा बन्दै दुई नायिका : ऋचालाई ताली प्रियंकालाई गाली
अभिनेत्रीद्वय प्रियंका कार्की र ऋचा शर्मा आमा बन्ने तयारीमा छन् ।
प्रियंकाले सामाजिक सञ्जालमा आफू गर्भवती भएको जानकारी दिएको साता दिन नपुग्दै ऋचाले पनि आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् ।
फरक के थियो भने प्रियंकाले आफ्नो ठुलो पेट देखाउँदै उक्त पेटमा अभिनेता पति आयुष्मान् देशराज जोशीले चुम्बन गरेको तस्बिर पोस्ट गरिन् ।
तर ऋचाले भने आमालाई सम्झँदै एक बिरुवामा पति दीपेक्ष विक्रम राणासँग मिलेर पानी हाल्दै गरेको तस्बिर पोस्ट गरिन् । यी दुवै अभिनेत्रीहरू आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ ।
अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।
उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।
अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।
ऋचाले जुलाई ४ मा फेसबुकमा कमेडी च्याम्पियनमा आफ्नो उपस्थितिको तस्बिर राखेकी छन् । जसमा उनलाई प्रायः सुखद प्रतिक्रिया आएका छन् ।
सुन्दर सुवेदीले ‘कमेडी सिजन २ को उपाधि अब नयाँ संसार देख्न आउँदै गरेको विशेष नानीले पाउनु पर्छ । च्याम्पियन नसकिँदासम्म लाइभ मै बसेर बोल्न नसके पनि हेरेर साथ र सुनेर साथ दिनेको महत्त्वपूर्ण भूमिका रहन्छ भनी लेखेका छन् ।
अर्का प्रयोगकर्ता दिनेश गिरीले बच्चाले पेट भित्रै कमेडी सिक्न सक्ने भनी ठट्टा गरेका छन् । त्यस्तै दल सिंह मगरले ‘लकडाउनले भुँडी ठुलो भएको’ लेखेका छन् ।
ऋचाले अहिलेसम्म ‘बेबी सावर’को तस्बिर राखेकी छैनन् । बरु उनले सासू आमासँग खानेकुरा पकाउँदै गरेको तस्बिर राखेकी छन् ।
ऋचाको युट्युव च्यानलमा भने कसैले नराम्रो प्रतिक्रिया दिएका छैनन् । सासु र बुहारीको ब्रोन्डिङ् मिलेको र मा को लागि मात्र भिडियो हेर्न आएको प्रतिक्रिया दिएका छन् । तर प्रियंकाले पोष्ट गरेका धेरैजसो तस्विरमा सकरात्मक भन्दा पनि नकरात्मक प्रतिक्रिया बढी छन् ।