
अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।
नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।
उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।
उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।
विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।
उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।
अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।
तर पनि यो जोडी रमाउन छाडेको छैन । हालैमात्र अभिनेता आयुष्मान देशराज जोशीले प्रियंकासँगको तस्विर शेयर गरे । जहाँ प्रियंकाले आच्ची पिटाइ नपुग्या भनेर कमेन्ट गरेकी छिन् । जुन कुरा अहिले भाइरल भइरहेको छ ।