काठमाडौँको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा यात्रा गरिरहेकी महिलाको मृत्यु भएको छ।
सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चलाइरहेका सिताराम परियार गम्भीर घाइते भएका छन् भने उनको साली २५ बर्सिया लक्ष्मी परियारको मृत्यु भएको छ ।
गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ बर्सिया लक्ष्मी परियारको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो। तर अस्पताल पुर्याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सितारामको भने उपचार भइरहेको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।