सप्तरी प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद घरमै बसी परिवारका साथ मनाउन आग्रह गरेको हो।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जारी गरेको सूचनामा भनिएको छ । “ईद पर्व मनाउँदा नवाज ईदगाह/, मस्जिदमा नपढी आ- आफ्नो घरमै सुरक्षित तरिकाले पढ्न अनुरोध गर्दै अनावश्यक तामझाम तथा भिडभाड नगर्न, समाजिक दुरी कायम गर्न, अनावश्यक रुपमा घर वाहिर ननिस्कन र अत्यावश्यक काममा घर बाहिर निस्कनै परेमा मास्कको प्रयोग अनिवार्य रुपमा प्रयोग गर्नुहोला ।”
२०७८ साल बैसाख ३१ गते परेको मुस्लिम धर्माबलम्बीहरुको ईद पर्वको अवसरमा प्रदेश २ ले सार्वजनिक बिदा दिएको छ । कोरोना सङ्क्रमणको साङ्लो तोड्नको लागि प्रदेश २ का ८ वटै जिल्लामा निषेधाज्ञा जारी छ ।