प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।
गत २४ घण्टामा ५ सय १७ जना संक्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या २५ हजार २ सय ६४ जना पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले केटिएम दैनिकलाई बताए ।
तीमध्ये ७ हजार ७ सय ५१ जना सक्रिय संक्रमित छन् ।
बिहिबार प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा धनुषामा १९९ , पर्सा ७३, बारामा १७, महोत्तरीमा ८५, रौतहटमा ७ , सप्तरीमा ७३, सर्लाहीमा १० र सिरहामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।