सप्तरी प्रशासनले कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम जिल्लाका प्रमुख शहरी क्षेत्रमा अनिश्चितकालका लागि आवागमन निषेध गर्दै निषेधित क्षेत्र घोषणा गर्ने गरेको छ । विहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले शनिवार ९वैशाख २५ गते० मध्यरातिबाट लागु हुने गरी जिल्लाका विभिन्न स्थान तथा हाट बजार क्षेत्रलाई हरुलाई आवागमन निषेध गरेको छ ।
आवागमन निषेध गरिएका क्षेत्रहरु
सदरमुकाम राजविराज, कञ्चनपुर, फत्तेपुर, बरमझिया , हनुमान नगर, भारदह, महुली , वीरेन्द्र बजार, रुपनी, कठौना, कल्याणपुर, खर्चुहिया, पातो, बोदे बरसाईन, तोपा बजार, पत्थरगाढा, तोपा, छिन्नमस्ता, जिरिया हटिया, मंसापुरसहितका क्षेत्रका हटिया क्षेत्रमा आवागमन निषेध गरिएको छ ।
स्थानियलाई तहले २० बेडको आइसोलेसन अनिवार्य
संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परिक्षणकालागि स्वाब संकलन स्वास्थ्य कार्यालय र स्थानीय तहले गर्नु पर्ने प्रत्येक स्थानीय तहले ७ दिनभित्र २०–२० बेडको आइसोलेसन तयार गर्ने निर्णय प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोख्रेलले जानकारी दिए । साथै संक्रमित बढेको क्षेत्रलाई स्थानीय तहहरुले स्वास्थ्य कार्यालय, स्थानीय प्रहरीसँगको समन्वयमा सो स्थान वा घर सिल गर्ने निर्णय भएको प्रजिअले बताए ।
निजि अस्पतालले पनि आइसोलेसन केन्द्र सञ्चालन गर्नु पर्ने
जिल्लाका ठुला २ निजी अस्पताल छिन्नमस्ता र युनिक अस्पतालले ५ दिनभित्र कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउने र उपचार खर्च र भुक्तानीका लागि सरकारले तोकेको मापदण्ड अनुसार सम्बन्धित अस्पतालले माग गर्ने निर्णय भएको प्रजिअ पोखरेलले बताए ।
अस्पतालका आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने
अस्पताल लगायतका सरकारी अस्पतालमा कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गरी अस्पताल क्षेत्रमा भीडभाड कम गर्न आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्न गजेन्द्रनारायण सिंह अस्पतालाई अनुरोध गर्दे क्लिनिकहरुमा दिँदै आएको सेवा बन्द गर्ने तथा अन्य निजी क्लिनिकहरुलाई स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्ने अनुरोध गर्ने निर्णय भएको जनाईएको छ ।
सप्तरीमा हाल सम्म २ सय २७ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट हालसम्म ४७ जनाले ज्यान गुमाई सकेका छन ।