नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको फैसलाले १५ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला भएका प्रतिवादी असाव मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
२०६९ पुस ५ मा जिल्ला पर्सा बीरगञ्ज उप-महानगरपालिकाबाट लागु औषध (खैरो हेरोइन) सहित पक्राउ परेका मियाँलाई खैरो हेरोइन मुद्दामा सर्वोच्च अदालतको मिति २०८० फागुन २२ गतेको फैसलाले जिल्ला उक्त जरिवाना तोकिएको थियो ।
सर्वोच्च अदालतबाट फैसला भएपछि उनी फरार भएका थिए । प्रहरीले फरार रहेका मियाँलाई विशेष सूचनाको आधारमा घटना घटेको करिब १५ वर्षपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले २०८३ मंसिर ९ गते डल्लुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको छ ।