काठमाडौं। चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा पदभार ग्रहण गरेका छन्।
मंगोलियाका लागि गैरआवासीय राजदूतसमेत रहेका शर्मा आज बेइजिङस्थित दाशिङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा चीनका लागि नेपाली उपनियोग प्रमुख रोशन खनाल, दूतावासका वरिष्ठ अधिकारी तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार शर्माले विमानस्थल पुगेकै दिन दूतावासमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
राजदूतका रूपमा उनले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, व्यापारिक, पूर्वाधार, पारवहन तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार र आपसी हितका विषयमा कूटनीतिक संवाद अघि बढाउने जिम्मेवारी पाएका छन् । मंगोलियाका लागि गैरआवासीय राजदूतसमेत रहेकाले उनले दुई देशबीचको सम्बन्ध र सहकार्य विस्तारमा पनि काम गर्नेछन् ।