काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।