काठमाडौँ – जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवती महिलाको उद्धार गरिएको छ। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो।
मङ्गलसेन नगरपालिका–४ की ती महिलालाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको सहयोगमा मङ्गलबार उद्धार गरिएको हो।