मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्। राष्ट्रपति पौडेलले द्रुतमार्गको निर्माण प्रगतिबारे जानकारी लिनुका साथै आयोजनाको निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए।