काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस सेवा सञ्चालनमा रहने जनाएको हो।
छठ पर्वका अवसरमा सरकारले पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई नियमित र निरन्तर राख्ने उद्देश्यले राष्ट्र बैंकले उक्त दिन आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।