काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले असोज २३ गते गरेको ८५७ जना कर्मचारीको सरुवा निर्णय बदर गरेको छ।
सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई पुनः सुगममै सरुवा गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीका गुनासोलाई बेवास्ता गरिएको भन्दै मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि सरुवा निर्णय रद्द गरिएको हो। सरुवाप्रति असन्तुष्टि जनाउँदै २०० भन्दा बढी कर्मचारीले पुनरावलोकनका लागि निवेदन दिएका थिए।
कर्मचारीका गुनासो सम्बोधन गर्दै मन्त्रालयले सरुवा सूची बदर गर्नुका साथै नयाँ ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ।
मन्त्रालयले नयाँ मापदण्डअनुसार पारदर्शी, निष्पक्ष र न्यायोचित ढङ्गले कर्मचारी सरुवा प्रक्रिया अघि बढाउन नापी विभागलाई निर्देशन दिएको छ।