काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।