धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा मंगलबार पनि दुई घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पुनः मंगलबारका लागि समय तोकिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ ।