काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डलले छिट्टै जनवादी गणतन्त्र चीनको भ्रमण गर्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा चीन भ्रमणका विषयमा छलफल भएको उनले बताए।
बैठकमा मधेस प्रदेशसहित विभिन्न जिल्लामा देखिएका समस्या तथा मधेस अडिटसम्बन्धी विषयमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनसमेत पेस गरिएको थियो।
प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदन अध्ययन गरेपछि त्यसका आधारमा आवश्यक आगामी कदम चाल्ने निर्णय बैठकले गरेको छ।