गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर चासो जनाएका छन् । उनले पुल निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गृहमन्त्री गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गृहमन्त्रीसँग गरेका थिए।
गृहमन्त्री गुरुङले रोकिएको पुल निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएका हुन्।