काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ ।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।
यसअघि लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका थिए भने तेस्रो ओभर चलिरहँदा एम्पायरले आरिफलाई आउटको संकेत गरेका थिए ।
उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए ।
लगत्तै उनी किशोर महतोको बलमा क्याचआउट भए ।
यसअघि लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका थिए ।