नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको नारा छ- खेल्ल पड्यो! लड्डु पड्यो! जित्त पड्यो!
एनपीएलका पछिल्ला दुई सिजनमा सुदूरपश्चिम रोयल्सले आफ्नो नाराजस्तै खेल्यो, लड्यो र जित्यो पनि तर ट्रफी भने उचाल्न सकेन । यो टीम एनपीएल सिजन १ र २ को दोस्रो टीम भएको छ। यसले दुवै सिजनको फाइनल खेल्यो तर ट्रफी भने पहिलो सिजनमा जनकपुर बोल्ट्सले जित्यो र दोस्रो सिजनमा लुम्बिनी लायन्सको भयो ।
एनपीएलका ८ फ्रेन्चाइज टीममध्ये सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने टीम हो सुदूरपश्चिम रोयल्स। एनपीएलमा सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज र विराजटनगर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । सुदूरपश्चिमले जस्तो अन्य टीमहरूले पनि नेपालका प्रत्येक प्रदेशको प्रतिनिधित्व गर्छन् । बागमती प्रदेशबाट भने काठमाडौं गोर्खाज र चितवन राइनोज गरी दुईवटा टीम रहेका छन् ।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले एनपीएलको ट्रफीका लागि संघर्ष गर्नुपरेको छ। सुदूरपश्चिम पहिलो र दोस्रो सिजनमा उपविजेता बनेको थियो । यो टोलीका समर्थकले ‘खेल्ल पड्यो! लड्डु पड्यो! जित्त पड्यो!’ सँगै ‘सुदूरको शान, मैदानमा तुफान’ भन्ने नारा पनि लगाउँदै आएका छन्।
- अध्यक्ष – स्वतन्त्रप्रकाश शाह
- प्रमुख कार्यकारी अधिकृत- प्रकाश खड्का
- मुख्य प्रशिक्षक- मिस्बाह उल हक
दीपेन्द्रसिंह ऐरी – कप्तान, ब्याट्सम्यान/अलराउन्डर
आरिफ शेख – अलराउन्डर ब्याट्सम्यान
विनोद भण्डारी – ब्याट्सम्यान/विकेटकिपर
ईशान पाण्डे – अलराउन्डर ब्याट्सम्यान
हेमन्त धामी – बलर
हिक्मत महरा – बलर
टेक रावत – अलराउन्डर ब्याट्सम्यान
दीपक बोहरा – ब्याट्सम्यान
सैफ जायब – ब्याट्सम्यान
स्कट कुगिलिन – अलराउन्डर ब्याट्सम्यान
ब्रान्डन म्पाकुलम – अलराउन्डर ब्याट्सम्यान
अयुब चन्द – अलराउन्डर
अविनाश बोहरा – बलर
टेकराज थलाल – बलर
सचिन भट्ट – बलर
मिलन बोहरा – बलर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-