काठमाडौं । दशैँ बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ४ हजार १८५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।