नेपाल प्रिमियर लिग तेस्रो सिजनसम्मका सबै खेल काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। यो प्रतियोगितामा सातवटै प्रदेशका टीम रहेपनि खेल भने बागमती प्रदेशको काठमाडौंमा मात्र भइरहेको छ।
बागमती प्रदेशबाट एनपीएलमा दुईवटा टीममध्ये बलियो टीम हो, काठमान्डु गोर्खाज। काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन सहरको टीम भनेर आफूलाई चिनाउने काठमान्डु गोर्खाज एनपीएलको पहिलो सिजनमा प्लेअफसम्म पनि पुग्न सकेन भने दोस्रो सिजन प्लेअफसम्म पुग्यो।
‘थ्री सिटिज्, वान सोल, वान टीम, वान ड्रीम’ भन्ने नाराले नै यो काठमाडौं उपत्यकाको टीम हो भन्ने जनाउँछ भने यसले नारा छ, ‘जित हाम्रो नाममा छ!’ र ‘आयोग गोर्खाली’ ।
काठमान्डु गोर्खाजको कप्तान नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी करण केसी रहेका छन्। एनपीएलमा बागमती प्रदेशबाट काठमान्डु गोर्खाजसँगै चितवन राइनोज पनि सहभागी छ। बाकी ६ प्रदेशबाट एक-एक क्रिकेट टोली रहेका छन्। गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्सले प्रतिनिधित्व गरिरहेको छ भने विराटनगर किङ्सले कोशी प्रदेश, कर्णाली याक्सले कर्णाली प्रदेश, जनकपुर बोल्ट्सले मधेस प्रदेश, सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेश, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन्।
एनपीएलको तेस्रो सिजन कार्तिक ९ गते सोमबारदेखि सुरु भएर मंसिर ५ गते काठमाडौंमा सम्पन्न हुनेछ।
- अनुभव स्वाँर सिरोहिया- कार्यकारी निर्देशक
- मोन्टी देसाइ – मुख्य प्रशिक्षक
- शरद भेषवाकर – क्रिकेट निर्देशक
करण केसी – मार्की प्लेयर, क्याप्टेन, अलराउन्डर
भीम सार्की – ब्याटर
आदिल आलम – अलराउन्डर
डेविड वार्नर – ब्याटर
विल बोसिस्टो – अलराउन्डर
केएस भरत – विकेटकिपर
सहान अराचिगे – अलराउन्डर
सन्तोष यादव – अलराउन्डर
रासिद खान – बलर
शाहब आलम – बलर
शाहिल पटेल – ब्याटर
प्रसिद्ध जैसी – अलराउन्डर
दयानन्द मण्डल – बलर
सोनु देवकोटा – बलर
कृष्ण पौडेल – बलर
देव शाह – अलराउन्डर
सूयान्शु कोइराला – ब्याटर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-