काठमाडौं । अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार काल्चेमाल्टा भन्ने स्थानमा पहिरो खसेपछि लोकपथमा यातायात आवागमन ठप्प भएको हो ।
पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब पाँच किलोमिटर अगाडि मकवानपुरतर्फ पर्दछ ।
एसपी सुवेदीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन स्थानीय निकाय र सडक विभागसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।