काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ।”