चीन। चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा गत अगस्ट २६ को विनाशकारी लेदोसहितको पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको स्मृतिमा मंगलवार बिहान शोकसभा आयोजना गरिएको छ।
शोकसभामा स्थानीय अधिकारी तथा सर्वसाधारण सहभागी थिए। सहभागीहरूले पहिरोमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
अगस्ट २६ मा आएको भीषण पहिरोले केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको र केही व्यक्ति बेपत्ता भएका थिए। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी रहेकै बेला शोकसभा आयोजना गरिएको हो।