काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
केही ग्यास उद्योगले ग्राहक तथा डिलरलाई बिक्री बिल जारी नगरेको गुनासो प्राप्त भएपछि निगमले यस्तो कदम चालेको हो।
निगमले सोमबार सबै एलपीजी ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको जनाएको छ।