काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
खेलमा टस जितेको जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
एनपीएलअन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर तीन बलमा १४९ रनमै समेटिएको थियो।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सले जित निकालेको थियो भने दोस्रो खेलमा चितवन राइनोज विजयी भएको थियो।