काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका सदस्यका लागि थप पाँच दिनको समय दिएको छ।
सभापति गगनकुमार थापाको उपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने निर्णय गरेको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको वृहत्तर हित, एकता तथा क्रियाशील सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै छुट भएका सदस्यलाई थप समय उपलब्ध गराउने निर्णय गरिएको हो।
कांग्रेसले यस अवधिभित्र क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सम्बन्धित सदस्यलाई आग्रह गरेको छ।