काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति सीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेका हुन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी ५३८ जनाको मृत्यु भएको छ भने ९७७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
चीनतर्फ पनि सोही विपद्ले क्षति पुर्याएपछि राष्ट्रपति सीले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए।