चीन। चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको भीषण पहिरोपछि उद्धार टोली शुक्रबार अति प्रभावित क्षेत्रमा पुगेको छ।
गत बुधबार गएको पहिरोले क्षेत्रको भौगोलिक संरचनामा ठूलो क्षति पुर्याएपछि उद्धारकर्मीलाई प्रभावित स्थलसम्म पुग्न कठिनाइ भएको थियो। अग्निनियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गर्दै जटिल मार्ग पार गरी घटनास्थलमा पहुँच बनाएका हुन्।
जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीले खोजी तथा राहत कार्यलाई तीव्रता दिएका छन्।