ललितपु । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
भक्तपुरबाट कलंकीतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ४० वर्षीया जेनिषा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन्।
दुर्घटना लगतै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये ९ जनाको बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।