कर्णाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
नेकपा एमालेको समर्थनसहित शाहीले मंगलबार सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गर्ने क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाई पनि उपस्थित थिए।
प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानबमोजिम शाहीलाई मंगलबार नै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कर्णाली प्रदेशसभामा हाल ४० सदस्य छन्। तीमध्ये नेकपाका १४ र नेकपा एमालेका १० सांसद रहेका छन्। एमालेको समर्थनसँगै शाहीले सरकार गठनका लागि आवश्यक बहुमत जुटाएका हुन्।