काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने तय भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिएका छन्।
उनका अनुसार स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी सञ्चालन भइरहेको ‘हामी तयार छौँ’ अभियानअन्तर्गत केन्द्रीय नेताहरूका धारणा, विचार तथा सुझाव संकलन गरी बैठकमा छलफल गरिनेछ।