काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध केही युवाले विरोध प्रदर्शन गरेका छन्।
बिहीबार विश्वविद्यालयको वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका शिक्षामन्त्री पोखरेललाई लक्षित गर्दै प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका थिए। नाराबाजीका क्रममा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसीको आधारमा नियुक्ति र अवसर सुनिश्चित गर्न, प्रधानमन्त्री कुलपति तथा शिक्षामन्त्री सहकुलपति रहने वर्तमान व्यवस्था खारेज गर्न, साथै विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए।