नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका दाहाल कलेजोसम्बन्धी रोगका कारण केही समयअगाडीदेखि अस्पताल भर्ना भएका थिए ।
उनको उपचारको क्रममा राजधानीको वीर अस्पतालमा आज निधन भएको पत्रकार महासंङ्घ काठमाडौं शाखाका उपाध्यक्ष सुर्य सुवेदीले जानकारी दिए ।
दाहालको बुधबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ ।
साउथ इन्डियन लुक्स भएका नेपाली अभिनेता !